Comments Add Comment

साउदीबाट घर फर्किए थानेश्वर

२४ जेठ, काठमाडाैं । करिब ५ वर्षपछि साउदीको जेलबाट रिहा भएका नवलपरासीको मदननगरका थानेश्वर भुसाल घर फर्किएका छन् ।

परिबन्धका कारण साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल डेढ हप्ता अगाडि ब्लडमनी तिरेर रिहा भएका थिए ।

भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । सो रकम बुझाएर थानेश्वर जेलमुक्त भएपछि प्रक्रिया पूरा गरी शुक्रबार घर फर्किएका हुन् ।

थानेश्वरकी आमा यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील पीएनसीसीको संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment