Comments Add Comment

गोरखामा बन्ने भयो ‘बिसे नगर्ची’ पार्क

२६ जेठ, गोरखा । नेपाल एकीकरणमा पृथ्वी नारायण शाहलाई सल्लाहकारको रुपमा सहयोग गर्ने बिसे नगर्चीको सम्झनामा गोरखामा पार्क बन्ने भएको छ ।

गोरखा नगरपालिका-६ गितारडाँडामा बिसे नगर्ची पार्क बन्न लागेको हो । गोरखा नगरपालिका, परिवार सेवा समाज केन्ऽिय कार्यसमिति काठमाडौं र बिसे नगर्ची पार्क निर्माण समिति गोरखाको संयुक्त पहलमा निर्माण हुन लागेको पार्कमा बिसे नगर्चीको शालिकसँगै ‘थर घर’ -थर अनुसारका घर) स्थापना गरिने निर्माण समितिका सचिव सोम बहादुर अच्छामीले बताए ।

‘यहा बसोवास गर्दै आएका खनाल, अर्याल, पाण्डे, पन्त, भट्टराई लगायतका थरको छुट्टाछुट्टै नमूना घर बन्छ’ उनले भने, ‘स्थानीय पहिचान झल्काउन यसले थप सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’

नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धार्ने कामी, कालू सार्की तथा मणिराम गाइनेको पनि शालिक स्थापना गरिनेछ ।

नगर्चीको ऐतिहासिक जन्मथलो बिश्व सामु चिनाएर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ । करिव पाँच रोपनी सरकारी जग्गामा पार्क निर्माण गर्न लागिएको हो ।

पार्क निर्माणका लागी करिव पचाँस लाख लाग्ने अनुमान गरिएको छ । ‘पहिलो चरणमा बिसे नगर्चीको शालिक राख्छौ, क्रमश अरु कुराहरु निर्माण गर्दै लानेछौं’ निर्माण समितिका सचिव अच्छामीले भने । पार्क निर्माणका लागी गोरखा नगरपालिकाले पाँच लाख रकम उपलब्ध गराएको छ ।

बिसे नगर्ची शालिकको शिलन्यास

बिसे नगर्चीको शालिकको शनिबार शिलन्यास गरिएको छ । गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ र समाजका केन्ऽिय अध्यक्ष बल बहादुर सुन्दास परियारले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

‘नगर्चीको अर्धकदको शालिक स्थापना गर्ने हो, शालिक बनिसकेको छ, ठाउँ बनेपछि शालिक राख्छौं’ अच्छामीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment