Comments Add Comment

गुलियो खानाले मात्र हुँदैन मधुमेह, जान्नैपर्ने केही तथ्य

‘चिनी रोग’ नेपाली समाजमा यसै भनिन्छ, मधुमेह अर्थात डाइविटिजलाई । नाम नै ‘चिनी रोग’ भनेपछि चिनी जोडिने नै भयो । आम धारणा के छ भने, चिनी खानेहरुलाई चिनी रोग लाग्छ । साथसाथै जसले चिनी सेवन गर्दैनन् उनीहरु मधुमेहको जोखिममा हुँदैनन् ।

सामान्य रुपमा हामीले यस्तै बुझेका छौं । तर, के यो बुझाई सही हो ?

भनिन्छ, ‘गुलियो धेरै नखानु, नभए चिनी रोग लाग्छ ।’ चिकित्सकले पनि मधुमेह रोगीलाई चिनी एवं गुलियोको मात्रा कम गर्न सुझाउँछन् । किनभने गुलियो खानाले मधुमेहलाई थप बढाइदिन्छ । तर, यर्थाथ के पनि हो भने, गुलियो खानेकुरासँग मधुमेहको कुनै लिनुदिनु छैन । मधुमेह यस्तो समस्या हो, जसले शरीरमा अरु रोगलाई निम्तो गर्छ । मधुमेह रोगीको दृष्टिमा समस्या आउन सक्छ । मिर्गौंला र कलेजोको समस्या आउन सक्छ ।

यस्तो रोग आखिर किन र कसरी लाग्छ ? कसलाई लाग्छ ? गुलियो खानेकुरासँग मधुमेहको के सम्बन्ध छ ?

यी भ्रमका पछि नलाग्नुहोस्

गुलियो खाएमा मधुमेह हुन्छ । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने आफ्नो सोचाई बदल्नुहोस् । गुलियो खाँदैमा मधुमेह हुँदैन । मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।

मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रिचिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ ।

मधुमेह र चिनी

दुई प्रकारको मधुमेह हुन्छ, टाइप-१ र टाइप-२ । यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप-१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका तपाईको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । जबकी टाइप-२ मधुमेहमा तपाईको शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन ।

कम खानुहोस्

मधुमेहको रोगीले कम खानुपर्छ, भलै तपाई थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् । मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।

मधुमेह किन हुन्छ ?

निन्द्रा पुरा नहुनु

हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौ । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो ।

कम पानी

दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।

राती अबेर खाने

राती अबेर भोजन गर्दा शरीरको तौल बढ्छ । यसले ब्लड शुगर लेभल असन्तुलित हुन्छ ।

मोटोपन

जसको शरीरको तौल बढी हुन्छ, उनीहरुले मोटोपन नियन्त्रणका लागि कुनै पहल गरेनन् भने मधुमेहले गाज्न सक्छ ।

व्यायाम नगर्नु

निष्क्रिय जीवनशैलीले शरीरलाई रोगको भण्डार बनाउँछ । जीवन सक्रिय हुनुपर्छ । यसका लागि नियमित व्यायाम आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment