Comments Add Comment

मोटरसाइकलको ठक्करबाट रुपन्देहीमा एकजनाको मृत्यु

२७ जेठ, बुटवल । रुपन्देहीको सैनामैनामा आइतबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

सैनामैना-१० पानबारी निवासी ५२ वर्षीया सिताकुमारी सार्कीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लु२९प ९३२३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सार्की घाइते भएकी थिइन् । बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय सालझन्डीले नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment