+
+

‘पेट्रोल पम्प जोगाएर पुरातात्विक मन्दिरमा डोजर चलाइयो’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २८ गते १४:०९


२८ जेठ, काठमाडौं । ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । सडक विस्तारका नाममा मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मन्दिर अघिको सेनाको पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेको आरोप स्थानीयको छ । यो सडक २२ मिटर फराकिलो बनाउने गरी प्राधिकरणले डोजर चलाएको थियो ।

सुरक्षाकर्मीको सहयोगमा डोजर लिएर गएपछि स्थानीयबासिन्दा प्रतिकारमा उत्रिएका थिए । तर, बल प्रयोग गरेर मन्दिर छेउको गुठी जग्गाको कम्पाउन्ड भत्काइएको थियो ।

यो मन्दिर लक्ष्वीकालीन भएको अनुमान छ । विशेषगरी नेवार समुदायको आस्थाको धरोहर भएका कारण यसको अस्तित्वमा असर पर्ने गरी सडक विस्तार गर्न नहुने माग स्थानीयले गरेका छन् ।

यसकाबारेमा उनीहरुले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि ध्यानाकर्षण गरएका छन् । मेयर महर्जनले पुरातात्विक धरोहरको संरक्षण गर्न महानगरले कदम चाल्ने बताएका छन् ।

‘यहाँ डोजर लगाउनेबारे हामीसँग छलफल गरिएको छैन । जानकारी नदिई किन सम्पदा क्षेत्रमा डोजर चल्यो भन्नेबारे मेरो कार्यकक्षमा नै बोलाएर जानकारी लिन्छु,’ स्थानीयको ज्ञापनपत्र मेयर महर्जनले भनेका छन्,’मन्दिरको संरक्षणको चिन्ता महानगरलाई पनि छ ।’

पुतात्विक मन्दिरको संरक्षणको जिम्मा सरकारले नै लिनुपर्नेमा स्थानीयको विरोधका बीचमा पनि बल प्रयोग गरे डोजर लगाउने कार्यले सरकारको उल्टो गतिमा हिँडेको स्पष्ट भएको बताउँछन्, स्थानीय सुबोध महर्जन ।

‘यो कस्तो व्यवस्था हो, कस्तो विकास हो ?’ उनी भन्छन्,’सम्पदा मासेर गरिने विकास हामीलाई चाहिँदैन । पेट्रोल पम्प जोगाएर हाम्रा पिता पुर्खाले उठाएको धरोहरमाथि डोजर लगाउने अधिकार सरकारलाई छैन ।’

स्थानीयले मन्दिरकै गुठीको जग्गाबाट सडक बनाइएकाले अब सडक विस्तारका नाममा मन्दिर नै मास्ने गरी काम गर्नु गलत भएको बताएका छन् । सेनाको पेट्रोलपम्प सारेर मन्दिरको जग्गाको संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?