+
+
Shares

भ्याट कि जीएसटी ? बहस गरौंः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २९ गते १२:०३


२९ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले भ्याट र जीएसटीको वैज्ञानिकतमाथि बहस जरुरी रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले भ्याट र जीएसटी कुन उपयुक्त हुन्छ भन्ने भन्ने बहस गरेर टुंगोमा पुग्नुपर्ने बताए ।

‘हामीले भ्याटमा बहुदर कायम गर्ने विषयमा बहस गरेको तीन दशक भयो । अब यसमा भन्दा जीएसटीको बहसमा जाने कि ?’ अर्थमन्त्री खतिवडाले भने,’त्यो बहसले नै भ्उाट र जीएसटी कुन वैज्ञानिक हुन्छ भन्ने तय गर्छ ।’

उनले अब हचुवाका भरमा हुने मूल्यांकनलाई वैज्ञानिक बनाउनुपर्ने बताए । उनले बजेटमार्फत सरकारले अर्थतन्त्रको कोर्स करेक्सन थालेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?