Comments Add Comment

नाटक लिएर पोखरा आए नाजिर हुसेन

भन्छन् - रंगभेदी र क्षेत्रीयतावादी विभेद ममाथि पनि भएको छ

२९ जेठ, पोखरा । चर्चित कलाकार नाजिर हुसेन नाटक लिएर पोखरा आइपुगेका छन् । नाजिर बिम्बात्मक नाटक कुरुप हाँस ‘द अग्ली डकलिङ’ मञ्चनका लागि पोखरा आएका हुन् ।

नाजिरको परिकल्पना र निर्देशनमा मञ्चन हुने यो नाटक असार १ गतेदेखि ३ गतेसम्म ३ दिन दिउँसो १ बजे र सााझ ५ः३० बजे पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन हुने पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

नाटकमा नाजिरसहित मिलन कार्की, विनिता गुरुङ, किरण श्रेष्ठ, बिक्रम श्रेष्ठ र बिजया कार्कीको अभिनय रहेको छ ।

नाटक कुरुप हाास डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको ‘अग्लिड कलिङ’ कथामा आधारित छ । जसमा रंगभेदलाई नजिकबाट बिम्बको प्रयोग गरिएको छ । नाटकमा डायलग कम मात्र प्रयोग गरिएको छ भने कथा भन्न कन्टेम्प्ररी डान्स र्फमको समेत प्रयोग गरिएको छ ।

नाटकमा सेता हाँसहरुसँगै जन्मने काला हाासलाई आमा हाँस, दाइ हाँस, दिदी हाँस र यात्राका क्रममा भेटिनेहरुले गर्ने अवहेलना र विभेद देखाइएको नाटक निर्देशक नाजिरले बताए । उनले हाँसहरुमा जस्तै हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रंग, जात, धर्म वा लिंगका अधारमा हुने गरेका विभेदलाई बिम्बात्मक रुपमा देखाउने प्रयास गरेको बताए । नाटकमा कतिपय आफ्ना भोगाईहरु पनि मिसिएको नाजिरले बताए ।

रंगभेदको विभेद मलाई पनि भएको छ

कलाकार नाजिरले आफूमाथि पनि रंगभेदको विभेद भएको बताएका छन् । पत्रकार भेटघाटमा बोल्दै नाजिरले नेपाली चलचित्रको क्षेत्रमा आफूमाथि क्षेत्रीय र रंगभेदी विभेद भएको बताएका हुन् ।

बोलीले प्रत्यक्ष रुपमा नभए पनि घुमाउरो पाराले आफूमाथि रंगभेदी ब्यवहार भएको बताउँदै उनले भने, ‘म तराईबासी हुँ, मलाई पनि क्षेत्रीय र रंगभेदी विभेद भएको छ, बोलीले सिधै त विभेद गरेका छैनन्, तर मलाई पनि घुमाउरो पाराले क्षेत्रीय र रंगभेदी ब्यवहार भएको छ ।’

नाजिरले नाटक ‘कुरुप हाँस’ले आफ्नो जीवनमा महत्व राख्ने बताए । आफूद्वारा पहिलोपटक निर्देशित यो नाटकले आफ्नो करियर कता लैजाने भन्नेबारेमा निर्क्योल गर्ने उनले बताए ।

नाटकबाट चलचित्रमा प्रवेश गरेका नाजिरले नाटक छोड्न नसक्ने बताए । उनले भने, ‘म नाटक छोड्न सक्दिनँ, म जहिलेसम्म बाँच्छु तैलेसम्म नाट खेल्छु ।’

नाकट संयोजक फ्लोरेन्स कार्कीले कलात्मक सहर पोखराका कला पारखीहरुलाई देखाउन नाटक लिएर पोखरा आएको बताइन् ।

पोखरा थिएटरका निर्देशक परिवर्तनले नियमित नाटक भन्दा यो नाटकका लागि टिकट दर केहि महंगो बनाइएको बताए । उनका अनुसार यसअघि १ सय, ३ सय ५ सयको टिकट दर राखिन्थ्यो भने यो नाटकका लागि २ सय, ५ सय र एक हजार टिकट राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment