+
+
Shares

गोपाल किरातीको नेकपा माओवादीमा पदाधिकारी चयन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३० गते १५:५२

३० जेठ, काठमाडौं । गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठकले ५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

जसको अध्यक्षमा किराती आफै, उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापा, महासचिवमा कर्णजीत बुढाथोकी ‘सुशील’ र सचिवमा राजन तिम्सिना रहेका छन् ।

हालै काठमाडौंमा बसेको पार्टीको बैठकले प्रदेश १ मा तिलक थापा, प्रदेश २ मा राजन तिम्सिना, प्रदेश ४ र ५ मा भविश्वर पराजुली, कर्णाली र प्रदेश ७ मा कर्णजीत बुढाथोकीलाई इन्चार्ज तोक्ने निर्णय गरेको छ ।

नेकपाको बैठकले भारतविरुद्ध पतिरोध क्रान्तिको तयारी गर्न अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उसले एक स्थानीय तहमा एक भन्सार नाका खुला गरी नेपाल भारत सीमानामा अग्लो पर्खाल र काँडेतारको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?