Comments Add Comment

निर्माण व्यवसायीमाथिको धरपकड कानून र विधिविपरीतः महासंघ


३१ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कानून र विधिविपरीत सरकारले निर्माण व्यवसायीहरुमाथि धरपकड गरेको भन्दै आपत्ति जनाएको छ । उसले राष्ट्र निर्माणमा सरकारको सहयोगी र सहयात्रीको भूमिका निर्वाह गरेका व्यवसायीको भूमिका नजरअन्दाज गरेर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताकै खिल्ली उडाएको आरोपसमेत लगाएको छ ।

निर्माण व्यवसायीहरु समयमा काम नसकेको आरोपमा पक्राउ परिरहेका बेला महासंघले बिहीबार विज्ञप्ति निकालेर यसप्रति आपत्ति जनाएको हो ।

‘सरकारबाट निर्माण व्यवसायीले समयमै निर्माण आयोजनाहरु सम्पन्न नगरेको निहुँमा कार्यस्थलबाटै लोकतिान्त्रिक मूल्य र मान्यताविपरीत धरपकड गर्ने काम भएको छ, यसप्रति हाम्रो आपत्ति छ’, महासंघका महासचिव रामशरण देउजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि अायोजनाहरुमा संलग्न सबै पक्षहरुले सम्झौता डकुमेन्टमा तोकिए अनुसार आआफ्नो कर्तव्य र दायित्व पूरा गरे नगरेको अध्ययन अनुसन्धान नै नगरी चोर र हत्यारालाई पक्राउ गरेझैं व्यवसायीहरुलाई पक्राउ पुर्जीबिना नै पक्राउ गर्नु सार्वजनिक खरिद ऐन, नियमावली, निर्माण व्यवसाय ऐन, मौलिक हक समेतको खिलाफमा भएको महासंघको भनाइ छ ।

भौतिक पूर्वाधार आयोजनाहरु तोकिएको समयभित्र नसकिनुमा व्यवसायीलाई मात्र दोषी देखाउनु त्रुटिपूर्ण भएकाे भन्दै उसले दुवै पक्ष मिलेर समस्याको निराकरण गर्नुपर्ने सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment