Comments Add Comment

साउदी अरेबिया कमजोर कि रसिया बलियो ?

रसियाले बनायो कीर्तिमान


१ असार, काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले एसियाली देश साउदी अरेबियालाई कमजोर मात्र देखाएन आफ्नो सम्भावना पनि बलियो बनायो ।

बिहीबार राति भएको खेलमा रसिया ५-० ले विजयी भयो । साउदी अरेबियाको कमजोर डिफेन्स र अट्याकिङसामु रसिया भारी पर्‍यो । रसियाले हानेका गोललाई हेर्दा अर्को चरणमा पुग्ने सम्भावना बलियो देख्न सकिन्छ ।

खेलमा ६१ प्रतिशत समय बल आˆनो नियन्त्रणमा राखे पनि साउदी अरेबियाले पोस्टमा एउटै प्रहार गर्न सकेन । साउदीले हानेका ६ प्रहार पोस्टको दिशामा थिएनन् । रसियाले प्रहार गरेका १४ सटमा ७ वटा पोस्टको दिशामा थिए ।

रसिया र साउदी अरेबियासँगै रहेका समूह ‘ए’ का टोलीहरु इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुँदै छ । बलियो मानिएको उरुग्वेसामु इजिप्ट कस्तो खेल्छ त्यसले रसियाको मनोबलमा प्रभाव पार्ने छ ।

उद्घाटन खेलपछि सहजै अनुमान गर्न सकिन्छ कि मोहम्मद सलाहका कारण चर्चामा रहेको इजिप्टमाथि रसिया सामान्य हुने छैन ।

रसियाका प्रशिक्षक टनिस्लाव चेर्चेस्वोवले पनि साउदीविरुद्ध राम्रो खेल भएको र इजिप्टविरुद्ध फरक तरिकाले प्रस्तुत हुने बताएका छन् ।
खेलपछि साउदी अरेबियामा प्रशिक्षक एन्टोनियो पिजीले पनि आफूहरुले नसोचेको हारको सामना गर्नुपरेको बताए । ‘एकदमै गाह्रो खेल भयो । यो प्रकारको हार हामीले सोचेका थिएनौं’ उनले भने ।

यस्ता छन् केही तथ्य

१. विश्वकपमा अहिलेसम्म उद्घाटन खेलमा आयोजक देश पराजित भएका छैनन् । त्यसलाई रसियाले पनि निरन्तरता दियो । २१ औं संस्करणसम्म १६ उद्घाटन खेलमा आयोजक देश विजयी भएका छन् । ६ खेलमा बराबरी भएको छ ।

२. रसियाले सन् १९३४ पछि उद्घाटन खेलमा सबैभन्दा फराकिलो जित निकाल्ने आयोजक देशको कीर्तिमान बनाएको छ । रुसले साउदी अरेबियालाई ५-० ले हरायो । सन् १९३४ मा इटालीले अमेरिकालाई ७-१ ले हराएको थियो ।

३. साउदी अरेबियाले विश्वकपका पछिल्ला ११ खेलमा जित निकाल्न सकेको छैन । साउदीले ९ खेल गुमाएको छ । दुई खेलमा बराबरी गरेको छ । साउदी अरबले २४ वर्षअघिसन् १९९४ मा बेल्जियममाथि समूह चरणमा १-० को जित निकालेको थियो ।

४. यो साउदी अरेबयाको पाँचौ विश्वकप सहभागिता हो । साउदीले अहिलेसम्म नै पहिलो खेल जितेको छैन । एक खेलमा बराबरी गरेको छ । चार खेल गुमाएको छ ।

५. साउदी अरेबियाले सन् १९९४ मा विश्वकपमा डेब्यु गरेयता हेडमार्फत गरिएका १४ गोल खाएको छ । यो अन्य टिमविरुद्ध हेडमार्फत भएको गोलभन्दा ५ बढी हो । अमेरिकाले हेडमार्फत ९ गोल खाएको छ ।

६. रसियाका युरी गाजिन्स्कीले गरेको गोल विश्वकप २०१८ को पहिलो गोल बन्यो । उनको गोल विश्वकपमा सन् १९९० पछिको पहिलो गोलमा भएको हेडर गोल पनि बन्यो । सन् १९९० मा क्यामरुनका प|mान्कोइस ओमामबियीकले अर्जेन्टिनासँगको उद्घाटन खेलमा पहिलो गोल हेड मार्फत गरेका थिए ।

७. रसियाका लागि सात खेल खेलेका युरी गाजिन्स्की र १२ खेल खेलेका डेनिस चेरेसेभले देशका लागि आˆनो पहिलो गोल नै विश्वकपको उद्घाटन खेलमा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment