२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले ठुला माछा समात्ने भन्दै हिँडेको उल्लेख गर्दै कोइरालाले चुनौती दिएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने, ‘सक्नुहुन्न । किनभने उहाँहरुकै मान्छे पर्छन् ।’
कांग्रेस नेता कोइरालाले थाहा नपाईदो ढंगले मुलुक निरंकुशतावाद तर्फ धकेलिँदै गएको टिप्पणी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा शक्ति केन्द्रित गर्न खोजेको भन्दै उनले यसले सम्बैधानिक निकायलाई निकम्मा र व्यक्तिलानई सर्वेसर्वा बनाउन धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4