+
+
Shares

भोलिदेखि ‘सूर्य किरण’ अभ्यास, नेपाल आइपुग्यो भारतीय सेनाको टोली

यसका लागि सोमबार भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुगिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:१६

८ मंसिर, काठमाडौं । बुधबारदेखि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्य किरण’ सुरु हुने भएको छ ।

यो अभ्यास ९ मंसिरदेखि २२ मंसिरसम्म सञ्चालन हुने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । २०६७ सालदेखि वार्षिक रुपमा नेपाल र भारतमा आलोपालो संयुक्त सैनिक अध्यासको रुपमा ‘सूर्य किरण’ हुँदैआएको छ ।

यसका लागि हिजो सोमबार भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुगिसकेको छ ।

यसअघि २०८२ मंसिरमा भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ अभ्यास सम्पन्न भएको थियो । जहाँ विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायत विषय सहभागी गरी अभ्यास सम्पन्न गरिएको थियो ।

त्यतिबेला नेपाली सेनाको तर्फबाट तत्कालीन उपरथी अनुपजंग थापाले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?