Comments Add Comment

नदिया लिवाङ्गको कविता संग्रह ‘नदिया लहर’ न्यूयोर्कमा विमोचन

न्यूयोर्क/ युवा साहित्यकार नदिया लिवाङ्गकोे पहिलो कविता संग्रह ‘नदिया लहर’ न्यूयोर्कमा विमोचन भएको छ । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृशु क्षेत्रीले एक समारोह बीच कविता संग्रहको विमोचन गरेका हुन् ।

लामो समयदेखि कविता र गीत कोरिरहेका लिवाङ्गका कविताहरु विभिन्न सञ्चार माध्यमहरुमा पनि प्रकाशन भइरहेकोमा यस पटक ती प्रकाशित र अप्रकाशित सबै कविताहरुको संग्रह निकालेको लिवाङ्गले बताइन् ।

‘हरेक मानिसहरु मेरो विचारमा कवि हुन्, फरक यति हो कसैले त्यसलाई शब्दमा व्यक्त गर्छन् कसैले गर्दैनन् ,’  उनले भनिन् ।

कार्यक्रममा बोल्दै वाणिज्यदूत क्षेत्रीले साहित्यकार लिवाङ्गको कविताहरुको प्रशंसा गर्दै उनको कवितामा छुट्टै भावहरु समेटिएको उल्लेख गरे ।

‘मित्र नदियाका कविताहरु धेरै पछि पढ्न पाइयो , मलाई खुशी लागेको छ,’ क्षेत्रीले भने ।

५६ वटा कविता रहेको संग्रहबाट आफु उत्साहित रहेको बताउँदै लिवाङ्गले आफ्नो हरेक पाइलामा साथ दिने पतिका कारण आफ्नो साहित्यिक पाटो अझ फैलिएको बताइन् ।

‘मेरो श्रीमान् विश्व थापाको साथको कारण आज यो संभव भएको हो,’ उनले भनिन् ।

कार्यक्रममा साहित्यकार लिवाङ्गको कविता ‘एउटी छोरीको प्रतिज्ञा’ लाई भिडियोमा उतारिएको थियो जुन कार्यक्रममा उपस्थित दर्शकहरुले निकै नै रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment