+
+

चौधरी फाउण्डेसनद्वारा ३ विद्यालयमा डिजिटल क्लासरूमको अवधारणा लागू

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ४ गते ८:१५


४ असार, काठमाडौं । चौधरी फाउण्डेसनले तीन विद्यालयमा ‘डिजिटल क्लासरूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ ।

फाउण्डेसनले पहिलो चरणमा नवलपुरका दुई र सिन्धुपाल्चोकको एक विद्यालय डिजिटल क्लासरूम परियोजनाका लागि छनोट गरेको हो । जसअनुसार अब नवलपुर देवचुली नगरपालिकास्थित शान्ति श्रृजना आधारभूत विद्यालय र कावासोती नगरपालिकास्थित कालिका आधारभूत विद्यालयमा अब डिजिटल क्लासरुम सञ्चालनमा आउनेछन् । सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालय, गिरानचौर पनि फाण्डेसनको छनोटमा परेको छ ।

सूचना–प्रविधिमा आधारित विश्वव्यापी अध्ययन–अध्यापनको पहुँच नेपाली पुर्याउन अवधारणा अघि बढाइएको फाण्डेसनले जनाएको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद् विनोद चौधरीले नवलपुरका दुई विद्यालयमा स्थापित डिजिटल क्लासरूमको शनिबार छुट्टाछुट्टै कार्यक्रमका बीच उदघाटन गरे ।

यस परियोजना अन्र्तगत पहिलो चरणमा प्रत्येक विद्यालयले सातवटा ल्यापटप, चारवटा डेक्सटप, ३२ इन्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्राप्त गरेका छन् । डिजिटल क्लासरूमको विस्तारमा पनि फाउण्डेसनले सहयोग गर्नेछ ।

उदघाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले विश्वमा अहिले साक्षरताको परिभाषा परिवर्तन भएको भन्दै कम्प्युटर शिक्षा र अंग्रेजी भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै साक्षर मान्ने प्रचलन विकास भएको बताए । विश्वव्यापी यस्तो वातावरणमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाइदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना गर्नुको विकल्प नरहेको उनले बताए ।

सरकारी विद्यालयबाट शुरू गरिएको अभियान प्रभावकारी हुने विश्वास फाण्डेसनका अध्यक्ष चौधरीले व्यक्त गरे ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरण प्रदान गर्न फाउण्डेसनले पहिलो पाइला चालेको बताए ।

डिजिटल कक्षा सञ्चालन गर्न फाउण्डेसनले सूचना प्रविधिमा दख्खल शिक्षकलाई तालिम पनि प्रदान गरेको छ ।

फाउण्डेसनले डिजिटल कक्षा सञ्चालन गरिएका विद्यालयसहित पाँचविद्यालयमा शुद्ध खानेपानीको व्यवस्था समेत मिलाएको छ । सकलादेवी माध्यमिक विद्यालय, नवजागरण आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयमा फाउण्डेसनले खानेपानीको व्यवस्था मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?