Comments Add Comment

पिकअप भ्यान पल्टिँदा सिरहामा १ जनाको मृत्यु

४ असार, सिराहा। जिल्लाकाे कर्जन्हा नगरपालिका–४, भुल्के चोकमा गएराति पिकअप भ्यान दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा छायाँरारा नगरपालिका–५, मुगुका २३ वर्षीय विशाल कामीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बन्दिपुरले बा १५ च ६०४५ नम्बरको कुखुरा बोकेको पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा १ जनाको ज्यान गएको जनाएको छ ।

भ्यानका चालक फरार छन् । प्रहरीले फरार चालककाे खाेजी र  दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment