Comments Add Comment

जान्भीलाई निर्माताले हेपे, ‘धडक’ मा यति थोरै पारिश्रमिक

बलिउडमा इन्ट्री गर्नुभन्दा अगाडि नै ठूलो हाइप बनाइसकेकी थिइन् श्रीदेवीकी छोरी जान्भी कपुरले । स्टार किड्स हुनुको फाइदा यही त हो ।

जान्भीले फिल्म ‘धडक’ बाट डेब्यू गर्दैछिन् । तपाईंलाई लाग्ला, स्टार किड भएको नाताले पनि उनका लागि यस फिल्मका निर्माताले मोटै रकम खर्चिए होलान् । तर, जान्भीले अत्यन्त न्यून पारिश्रमिक लिएर काम गरेको खुलेको छ ।

बलिउडमा अहिले एउटा सुपरफ्लप हिरो-हिरोइनले पनि करोडभन्दा तल पारिश्रमिक लिँदैनन् । तर, मिडियामा अत्यधिक चर्चामा रहेकी जान्भीलाई निर्माताले केवल ३० लाख दिएर फिल्म खेलाएका हुन् । फिल्मका हिरो ईशान खट्टरले पनि गतिलो पारिश्रमिक पाएका छैनन् । उनलाई करिब ५० लाख भारु दिइएको बुझिएको छ । जबकि सो फिल्मका निर्देशकले भने ४ करोड भारु लिएका छन् ।

कलाकारहरुलाई दिइएको पारिश्रमिक हेर्दा धडक ‘लो बजेट’ को फिल्म देखिन्छ । त्यसैले यसलाई लगानी उठाउन गाह्रो नपर्ला । यदि यो फिल्म हिट भएको खन्डमा भने जान्भीको भाउ अकाशिने निश्चित छ । स्मरणीय छ कि, उनकी आमा श्रीदेवी आफ्नो जमानाकी सर्वाधिक महंगी अभिनेत्री थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment