Comments Add Comment

पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

४ असार, काठमाडौं । विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ ।

६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे ।

जर्मनी मेक्सिकोसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया दबावमा थिए । चार पटकको विश्व विजेता इटालीलाई प्ले अफमा हराउँदै विश्वकपमा आएको स्वीडेनले अघिल्लो चरणको सम्भावना बलियो पारेकोे छ ।

खेलमा एउटै सट पोस्टको दिशामा प्रहार गर्न नसकेको दक्षिण कोरियाविरुद्ध स्वीडेन हाबी बनेको थियो ।

५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको स्वीडेनले प्रहार गरेका १५ सटमा ४ सट पोस्टको दिशामा थियो । कोरियाले ५ सट प्रहार गरे पनि त्यसले पोस्टको दिशा लिन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment