Comments Add Comment

कानको सुन्ने शक्ति कमजोर छ ? यस्तो छ समाधान

कानको श्रवण शक्ति एवं सुन्ने शक्ति कमजोर हुँदै गएपछि के गर्ने ? आधुनिक विज्ञानले त्यसको समाधान खोजिसकेको छ । कमजोर श्रवण शक्ति भएकाहरुले कानको मसिन अर्थात हेयरिङ एडस् प्रयोग गर्न सक्छन् ।

कानको मेशिन एवं श्रवण यन्त्र कम कान सुन्नेहरुले प्रयोग गर्न सक्छन् । यो विशेष प्रकारको उपकरण हो, जो कानमा लगाउनुपर्छ । यसरी कानमा लगाएपछि कुनैपनि ध्वानी एवं आवाजलाई सजिलै सुन्न मद्दत पुग्छ ।

श्रवण यन्त्रमा माइक्रोफोन हुन्छ, जसले ध्वानी सुनाउँछ । एम्पलीफायर सर्किटरी हुन्छ, जसले ध्वनीलाई तेज बनाउँछ । एक सानो लाउडस्पिकर (रिसिभर) हुन्छ, जसले कानको नलीमा आवाज दिन्छ । यसमा एक व्याट्री पनि हुन्छ ।

कानको श्रवण यन्त्र थरीथरीका हुन्छन् । यसको डिजाइनमा एकरुपता हुँदैन । यो डिजिटल हुनसक्छ, वा एनालक पनि । या त यसमा कुनै विशेष फिचर पनि हुनसक्छ । कानको यन्त्रले आवाज प्रवाहलाई निर्देशित गर्न र ध्वानीको गुणवक्ता बढाउनका लागि ईयरमोल्ड्स वा इयरपिस पनि हुन्छ । कानको यन्त्र छनौट गर्दा, सुन्ने क्षमता, गंभिरता, आवश्यक्ता र जीवनशैलीमा निर्धारित हुन्छ ।

बिहाइन्ड द ईयर

बिहाइन्ड द ईयर, कानको यन्त्रमा यन्त्रको धेरैजसो भाग एक सानो प्लाष्किको केसमा हुन्छ । यो केसवाला भाग कानको पछाडि लगाइन्छ । यो प्लाष्टिकको केस पातलो सी ट्युबबाट अगाडिको कानको प्वालमा लगाइने ईयरमोल्ड वा ईयरपीससँग जोडिएको हुन्छ ।

के छ यसको फाइदा ?

– यस किसिमको यन्त्र बच्चालाई लगाइदिन सकिन्छ । उमेर अनुसार बच्चाको कानको ईयरपीसलाई बदल्न सकिन्छ ।

-यो बलियो हुन्छ ।

-यसलाई सफा गर्न एवं प्रयोग गर्न सजिलो हुन्छ ।

अन द ईयर

यो एक नयाँ किसिमको बिहाइन्ड द इयर मेशिन हो । यसलाई मिनी बिहाइन्ड द ईयर मेशिन पनि भनिन्छ । यो कानको पछाडि लगाइन्छ । तर, आकारमा यो सानो हुन्छ ।

यसमा एक धेरै पातलो र लगभग नदेखिने ट्युब हुन्छ, जो कानमा लगाउनेवाला पीससँग जोडिन्छ । यस मेशिनमा ईयरपीस हुन्छ, जो कानको प्वालभित्र फिट गरिएको हुन्छ ।

के छ फाइदा ?

-यो कस्मेटिक्स दृष्टिले अत्याधिक उपयोगी हुन्छ, किनभने यो टाढाबाट सजिलै ठिम्याउन सकिदैन ।

-यो आकारमा एकदमै सानो हुन्छ र कानलाई बोझिलो बनाउँदैन ।

-यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।

इन द ईयर

इन द ईयर मेशिन केवल एक पार्ट हुन्छ । सबै हिस्सा एक शेलमा हुन्छ, जो ईयर क्यानलमा लगाइन्छ । यसको भाग कानको भित्र लगाइने अन्य यन्त्र जस्तै इन द क्यानल र कम्पलीटली इन द क्यानलभन्दा ठूलो हुन्छ ।

इन द क्यानल र कम्प्लीटली इन द क्यानल

यो यन्त्र एकदै सानो आकारको हुन्छ । पुरै यन्त्र एक केसमा हुन्छ, जो ईयर क्यानलमा पुरा वा आर्शिक रुपमा फिट गर्न सकिन्छ ।

यो सबैभन्दा सानो कानको मेशिन हो । यो सानो भएकाले सजिलै देख्न सकिदैन र थाहा पाउन पनि सकिदैन कि, कानमा यन्त्र फिट गरिएको छ भनेर । तर, यो निकै सानो भएकाले प्रयोग गर्न चाहि गाह्रो हुन्छ ।

एनालग र डिजिटल कानको यन्त्र

एनालक कानको यन्त्रले ध्वनी तरंगलाई लाउड गराउँछ । यसले सबै आवाजलाई सामान रुपले बढाउँछ । केही एनालग मेशिन प्रोगाम गर्न सकिन्छ । यसमा माइक्रोचिप हुन्छ, जसमा अलग-अलग वातावरण अनुसार प्रोगाम हुन्छसेट गर्न सकिन्छ । जस्तो कि शान्त स्थानमा, पुस्तकालयमा, या त रेष्टुरेन्टमा, खेल मैदान आदिमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment