+
+

जनतालाई अपमानित हुनबाट जोगाउनुस्ः चुमान

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते ११:५९

५ असार, पोखरा । प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनतालाई अपमानित हुनबाट जोगाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मंगलबारदेखी आयोजित प्रदेश नम्बर ४ का स्थानिय तहका न्यायिक समिति संयोजकहरुको २ दिने अभिमुखीकरण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले जनतलाई अपमानित हुनबाट जोगाएर न्याय दिलाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् । उनले भने,’गरीबीबाट पीडा त हुन्छ नै, तर त्यो भन्दा पनि शब्द र व्यवहारबाट हुने पीडा थप पीडादायी हुन्छ, अपमान झन् पीडादायी हुन्छ, त्यसैले उनीहरुलाई न्याय दिलाउने जिम्मा तपाईंहरुको हो, त्यो पूरा गर्नुस् ।’

मन्त्री चुमानले सामाजिक न्याय स्थापत गर्ने कुरा विज्ञान भएको बताउँदै त्यो बास्तविकतामा आधारित हुने बताए । उनले भने,’सामाजिक न्याय स्थापित गर्ने कुरा विज्ञान हो, यो बास्तविकतामा आधारित भएर निर्णय गर्ने र न्याय दिने हो र यो कला पनि हो, न्याय दिलाउँदा कलाको पनि भरपुर प्रयोग गर्नुस् ।’

मन्त्री चुमानले बास्तविक सत्ता सञ्चालनबारे सिकाउन अभिमुखीकरण गोष्ठी आयोजना गरेको स्पष्ट पार्दै फर्केर गएपछि जनता अधिकार सम्पन्न भएको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिए । उनले संघीयता कुनैपनि हालतमा कमजोर बन्न नदिने दृढता व्यक्त गरे ।

प्रदेश सरकारले सहकारीतामा आधारित रहेर योजना निर्माणदेखि कार्यान्वयनसम्मको काम गरिरहेको बताउँदै भने,’संघीयता कमजोर पर्न दिइने छैन, तपाईंहरुले पनि कमजोर पार्ने काम नगर्नुस्, संघीयता सफल बनाएरै छाड्छौं ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले न्यायिक तहका न्यायिक समितिलाई न्यायिक निर्णय गर्ने र मेलमिलाप गर्ने अधिकार दिएको स्पष्ट पारे ।

दुई दिने अभिमुखिकरण गोष्ठीमा प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ जना न्यायिक समितिका संयोजकहरुको सहभागिता रहेको छ । न्यायिक उपसमिति संयोजकमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख रहने ब्यबस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?