Comments Add Comment

विनोद र ऋचालाई एक अर्काको प्रेमले मार्‍यो


चलचित्र ‘यो पागल मन’को गीत सार्वजनिक गरिएको छ । असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत रिलिज भएको हो ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । चलचित्रमा एनी कुँवर, गौरी मल्ल, राजेश ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेको यो चलचित्र लभ स्टोरी कथामा तयार भएको छ ।

दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । कमल राइले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा विरेन्द्र कुमार यादव र कल्याण अधिकारीको लगानी छ । शम्भु सापकोटाले खिचेको चलचित्रलाई अनिल गौतमले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment