Comments Add Comment

अस्ट्रेलिया र डेनमार्कमा को बलियो ? कसको सम्भावना ?

७ असार, काठमाडौं । विश्वकपको समूह ‘सी’ मा बिहीबार बेलुका पौने ६ बजे अस्ट्रेलिया र डेनमार्कबीच खेल हुँदैछ । यसअघि डेनमार्कका अस्टे्रलियाबीच भएको तीन खेलमा दुई खेल डेनमार्कले एक खेल अस्ट्रेलियाले जितेका थिए ।

यसपटक पहिलो खेलमा पेरुलाई हराएर बलियो बनेको डेनमार्क र पहिलो खेल फ्रान्ससँग हारेर अंकको खोजीमा रहेको अस्ट्रेलियाबीचको खेल अघिल्लो चरणमा जान महत्वपूर्ण रहेको छ ।

डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १-० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १६ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ७ खेल बराबरी भएको छ ।

विश्वकपमा यसपटक अस्टे्रलिया पहिलो खेलमा फ्रान्ससँग २-१ ले पराजित भयो । पराजयपछि पनि आफ्नो पाँचौ विश्वकपमा अस्ट्रेलियाले बलियो सम्भावना भने देखाएको छ ।

अस्ट्रेलियाको खेललाई धेरैले अवसरको निर्माण र प्रभावशाली प्रदर्शनको रुपमा लिएका छन् । पछिल्लोपटक सन् २०१३ मा फ्रान्ससँग ६-० को हार व्यहोरेको अस्ट्रेलियाले यसपटक सम्झनलायक नै खेल देखाएको हो ।

पहिलोपटक सन् १९७४ पछि सन् २००६, २०१० र १०१४ को विश्वकप खेलेको अस्ट्रेलियाया २००६ मा अन्तिम १६ सम्म पुगेको थियो । यसपटक सिधै छनोट हुन नसकेर प्ले अफमार्फत अस्ट्रेलिया विश्वकपमा पुगेको हो । प्ले अफमा अस्ट्रेलियाले होन्डुरसलाई हराएको थियो ।

सन् २०१५ मा एसियन कपको उपाधि जितेको अष्ट्रेलिया यसपटक विश्वकपमा राम्रो खेल देखाउँदै समूह चरणबाट माथि पुग्ने लक्ष्यका साथ रसियामा छ ।

इतिहास हेर्दा अस्ट्रेलियाले विश्वकपमा युरोपियन देशसँग खेलेका ९ खेलमा ७ खेल हारेको छ । एक जितेको छ । एक बराबरी भएको छ ।

उता डेनमार्क युरोपमा सबैभन्दा छिटो फुटबलमा सुधार गरेको टिम हो । डेनमार्कले यसअघि सन् १९८६, १९९८, २००२ र २०१० को विश्वकप पनि खेलेको थियो ।

विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ । यसपटक पनि पहिलो खेलमा पेरुलाई हराइसकेको डेनमार्कको अघिल्लो चरणमा जाने सम्भावना बलियो छ ।

डेनमार्कले पहिलो पटक विश्वकप खेलेको बेला सन् १९८६ मा समूह चरणमा लगातार दुई खेल जितेको थियो । त्यसपछि पनि लगातार दुई खेल जितेको छैन ।

डेनमार्कले विश्वकपमा गरेका सबै २८ गोल नै डिएरिया भित्रबाट भएका छन् । यसैले डेनमार्कलाई रोक्ने हो भने अस्ट्रेलिया डिएरियामा चनाखो बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment