Comments Add Comment

दीपिका प्रसाईंसँग रोमान्स गर्ने को ?


यसपटक फुलपातीका आउने भनेर छायांकन भैरहेको चलचित्र ‘छक्कापन्जा ३’को सेटबाट नायक सञ्जोग कोइरालाले एउटा तस्वीर (सेल्फी) फेसबुकमा अपलोड गरेका छन्, जसमा उनी नायिका दीपिका प्रसाइँसँग निकै नजिकिएको देखिन्छ ।

केही व्यवसायिक असफल चलचित्रमा नायक रहिसकेका सञ्जोग कोइरालालाई धेरैले अहिले धेरै व्यवसायिक सफल चलचित्रकी नायिका वर्षा राउतकी प्रेमी भनेर चिन्छन् । पुराना चलचित्र निर्माता शेखर कोइरालाका सुपुत्र सञ्जोग रेष्टुराँ व्यवसायमा व्यस्त रहेकै बेला ‘छक्का पञ्जा ३’बाट नायक पुष्प खड्का आफै बहिरिए, अनि चिठ्ठा पर्‍यो सञ्जोगलाई ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ बहुप्रतिक्षित चलचित्र हो । दिपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे जस्ता हास्य कलाकारहरुबाट निर्माण गरिएको हास्यप्रधान चलचित्र ‘छक्का पञ्जा ३’मा सञ्जोगकी वास्तविक प्रेमिका  वर्षा राउत पनि बिशेष भूमिकामा रहेपनि सञ्जोगले ‘ऐश्वर्या’ फेम नायिका दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् ।

तस्वीर : सञ्जोग कोइरालाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment