Comments Add Comment

रानीपोखरीमा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

८ असार, काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । अहिले काम भइरहेको छ ।

एक हप्ताभित्र कङ्क्रिट हटाइसकेर पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने काठमाडौं महानगरपालिकाले दिएको छ ।

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताए ।

रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो ।

यसअघि जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । विसं २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।

प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो ।

यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ ।  पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ ।

रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर ओगटेको छ ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment