Comments Add Comment

अपमानजनक विज्ञापनको लागि ‘बर्गर किङ्ग’ले माग्यो माफी

काठमाडौं । बर्गर किङ्ग कम्पनीले विश्वकपलाई लक्षित गरि बनाएको एक विज्ञापन विवादित बनेपछि माफी मागेको छ ।

कम्पनीले सार्वजनिक गरेको विज्ञापनले रुसी महिलाहरुलाई विश्वकप फुटबल खेलाडीको बच्चाको आमा बनेमा उनीहरुलाई जीवनभर निःशुल्क खाना खुवाउने र नगद पुरस्कार समेत दिने वाचा गरेको थियो ।

अमेरिकी फास्टफुड चेनले रुसी सामाजिक सञ्जाल भिके मार्फत सार्वजनिक गरेको उक्त विज्ञापनमा ४७ हजार अमेरिकी डलर पुरस्कार र जीवनभर बर्गर किङ्गको खानेकुरा निःशुल्क दिने उल्लेख थियो ।

रुसी युवतीहरुलाई लक्षित गरिएको उक्त विज्ञापनले उत्कृष्ट फुटबल खेलाडीको जिन प्राप्त गरेर रुसको राष्ट्रिय फुटबल टिमलाई सफल बनाउन प्रस्ताव गरिएको थियो ।

सर्वश्रेष्ठ फुटबलरसँगको सहवासबाट रुसी महिला गर्भवती भए बच्चा पछि ठूलो भएपछि फुटबल स्टार हुने दावी बर्गर किङ्गको विज्ञापनले गरेको थियो ।

सन्देशमा भनिएको थियो ‘ती युवतीहरु जो अन्तर्राष्ट्रिय फुटबल खेलाडीबाट गर्भवती हुन्छन् उनीहरुलाई पुरस्कार दिइने छ ।’

यो विज्ञापनले महिलाहरुको अपमान गरेको भन्दै सबैतिर आलोचना भएपछि बर्गर किङ्गले माफी मागेको हो ।

‘बर्गर किङ्गले विज्ञापन अपमानजनक भएको स्वीकार गर्दै विज्ञापन अभियान रद्द गरेको छ’ एक विज्ञप्ती जारी गर्दै उसले भनेको छ, ‘यसको लागि हामी क्षमा चाहन्छौं र आगामी दिनमा यस्तो गल्ती दोहोर्‍याउने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment