Comments Add Comment

माइतीघर मण्डलामा डा. केसीको आक्रोशः नेता नै माफिया रहेछन्

९ असार, काठमाडौं । डा. गोविन्द केसीले नेता र माफियाखुसी चिकित्सा शिक्षा ऐन ल्याउने प्रयास भइरहेको बताएका छन् । जनता र विद्यार्थीमुखी ऐन आउनु पर्ने भन्दै उनले नभए आफ्ना कुरा कसरी सुनाउनुपर्छ भन्ने जानेको बताए ।

चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा. केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

प्रदर्शनपछि संक्षित कुरा गर्दै डा. केसीले १४ पटकको अनसनपछि आएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन माग गरे ।

हालै मात्र आफूले भेट्दा शिक्षामन्त्रीले ‘अध्यादेश जे छ, त्यही पास हुन्छ भन्ने छैन’ भनेको सुनाउँदै उनले नेता र माफियामुखी विधेयक ल्याउन खेल भइरहेको बताए । उनले भने, ‘राज्य माफियाहरुले चलाइरहेका छन् । माफियाको इन्ट्रेस्ट विना केही काम हुँदैन ।’

राजनीतिक दल र तीनका नेताहरु त्यतिकै जिम्मेवार रहेको भन्दै डा. केसीले भने, ‘माफिया भनेको त राजनीतिक दलले पो संचालन गर्ने रहेछन् । नेता नै माफिया रहेछन् भन्ने पुष्टि भएको छ ।’

संविधान समाजवाद उन्मुख, मुलुक गणतान्त्रिक र पार्टीहरु समाजवादी भएपनि शिक्षा र स्वास्थ्यलाई चरम व्यवसायिकरण गरिएको भन्दै उनले आक्रोस पोखे । उनले अघि भने, ‘कसले गरेका छन् भने यिनी दलहरुले गरेका छन् । शीर्ष नेताहरु यति धनी छन् कि उद्योगपति पनि त्यति धनी छैन । कसरी भए त ?’

माइतीघर मण्डलामा भएको प्रदर्शन र अनसनको बलमा अध्यादेश आएको तर, अहिले अभिव्यक्ति स्वतन्त्रतालाई नै कुल्चने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो कर्तव्य कसरी पुरा गर्नुपर्छ हामीलाई थाहा छ, माफियामुखी ऐन ल्याउन दिइँदैन’ उनले भने ।

डा. केसीले आफ्ना माग सुन्दैनन् भने कसरी सुनाउने भन्ने आफूलाई थाहा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment