Comments Add Comment

अहालियाबाट पैसा पठाउँदा १ किलो सुन उपहार !

यूएई । यूएईको लोकप्रिय रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले आफ्ना सबै ग्राहकलाई लक्षित गर्दै १ किलो सुन पाउन सकिने समर सरप्राइज-२०१८ आकर्षक पुरस्कार योजना लागू गरेको छ ।

विश्वका धेरै मुलुकहरूमा रकम पठाउन सकिने अहालिया एक्सचेञ्जले आफ्ना सबै ग्राहकहरुलाई यो उपहार योजनामा सामेल हुन सकिने जानकारी दिएको छ ।

अहालिया एक्सचेञ्जका नेपाली ब्यापार प्रमुख बेनिमाधव ढकालले अहालिया एक्सचेञ्जबाट पैसा पठाएमा यो उपहार योजनामा स्वत: भाग लिन सकिने बताए ।

गत १६ जून देखि १४ जुलाईसम्म संचालित यो भाग्यशाली उपहार योजना लागू हुनेछ । अहालिया एक्सचेञ्जका अनुसार पैसा पठाउने सबैले आफैले एक कुपन पाउनेछ्न ।

उक्त कुपनमा उल्लेख भएको एक किलो सुन आगामी जुलाई १५ तारिख अहालिया एक्सचेञ्जको अबुधाबीमा रहेको इलेक्ट्रा शाखामा बिजेता घोषणा गर्नेछ । यसका अतिरिक्त समर सरप्राइज कार्यक्रम अन्तर्गत माइक्रोओभन, एलइडी टिभी, घडी, किरिङ, पेन र मग लगायतका अन्य उपहार सामग्री पनि पाउन सकिन्छ ।

सस्तो सेवा शुल्कमा भरपर्दो सेवा र अन्य एक्सचेञ्जभन्दा तुलनात्मक रूपमा राम्रो रेटमा रकम पठाउन सकिने अहालिया एक्सचेञ्जले यसपालिको समरसिजनमा आकर्षक उपहार योजना सार्वजनिक गरेको बताउँदै नेपाली बजार प्रमुख बेनिमाधव ढकालले एक किलो सुन नेपाली श्रमिकले पनि पाउन सम्भावना रहेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment