Comments Add Comment

नक्कली विश्वकप ट्रफीमा ड्रग्स लुकाएर तस्करी गर्ने गिरोह पक्राउ

अर्जेन्टिना । नक्कली विश्वकप ट्रफीमा लुकाएर लागूऔषध तस्करी गर्ने एउटा गिरोहलाई अर्जेन्टिनाको प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहबाट दुई बन्दुक र दुई कार पनि बरामद भएका छन् ।

प्रहरीको टोलीले नक्कली ट्रफीमा लुकाइएको १.५ केजी कोकिनसहित गिरोहका ६ जना सदस्यलाई पक्रेको हो । ग्रेटर बुयनोस एयरर्सस्थित ला मन्टाजा पार्टिडोमा रहेको उनीहरुको आश्रयस्थलमाथि प्रहरीले छापा मारेको थियो । उनीहरुले २०१८ को विश्वकप फुटबलको दुरुस्तै नक्कल बनाएको प्रहरीले जनाएका छन् ।

बुयनोस एयरर्सका सुरक्षा मन्त्री क्रिस्टियन रिटोन्डोले भने, ‘आरोप प्रमाणित भएमा उनीहरुले कानून बमोजिम सजाय भोग्नेछन् ।’

अर्जेन्टिनाले रुसमा आयोजना भएको विश्वकपमा दोस्रो चरणको यात्रा गर्न संघर्ष गरिरहेको छ । बिहीबारको म्याचमा क्रोयसियासँग अर्जेन्टिना ३–० ले पराजित भयो । अन्तिम १६ मा स्थान बनाउन उसले तेस्रो म्याचमा नाइजेरियालाई जित्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment