+
+

विश्वकपमा हृयारी केनको हृयाट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १० गते १९:१३


१० असार, काठमाडौं । विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गरेका छन् ।

उनले आइतबार पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् ।

रुस विश्वकपमा यो दोस्रो हृयाटि्रक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।

साथै सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?