Comments Add Comment

बुटवलको बजेट एक अर्ब ६६ करोड ५० लाख, शिक्षामा २५ करोड

१०, असार बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभाको आइतबारको बैठकमा बजेट प्रस्तुत भएको हो ।

नगर उप-प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले बजेट प्रस्तुत गरेकी हुन् । बजेट प्रस्तुत गर्दै उप-प्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल ः खुसी बुटवलबासी’ रहेको बताइन् ।

आइतबार सार्वजनिक भएको बजेट आर्थिक वर्ष २०७४/७५ को भन्दा झण्डै २७ करोड बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बुटवल उपमहानगरले एक अर्ब ३९ करोड ६३ लाख १५ हजार रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

बजेटमा चालू खर्च तर्फ २२ करोड ३० लाख १७ हजार, सामाजिक सुरक्षा भत्ता १५ करोड, चालु आवमा सम्पन्न हुन नसकी आगामी आवमा सरी जाने योजना तथा समपूरक कोषहरुका लागि ४७ करोड ८९ लाख विनियोजन भएको छ । यस्तै नगर स्तरीय कार्यक्रम पुँजीगत तथा पूर्वाधार निर्माणका योजनाहरुमा २३ करोड ७७ लाख १४ हजार आठ सय ३१ रुपैयाँ विनियोजन भएको छ ।

उपमहानगरले शिक्षा विकास कार्यक्रम अन्तर्गत २५ करोड ४९ लाख ७० हजार विनियोजन भएको छ भने कृषि विकास कार्यक्रम अन्तर्गत ९३ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ । पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत एक करोड आठ लाख ७६ हजार विनियोजन गरिएको छ ।

महिला विकास कार्यक्रमका लागि उपमहानगरले एक करोड ३८ लाख ३७ हजार विनियोजन गरेको छ । वडा सिलिङ बमोजिम आएका वडा स्तरीय योजनाहरुका लागि १५ करोड विनियोजन गरिएको छ । यसैगरी मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना तर्फ चार करोड ९ लाख ६० हजार विनियोजन भएको छ ।

प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत चार करोड २८ लाख ९२ हजार विनियोजन गरिएको छ ।

उपमहानगरले आव ०७५/०७६ का लागि आन्तरिक स्रोतबाट ४४ करोड ३८ लाख ६० हजार आठ सय ३१ रुपैयाँ संघीय सरकारबाट अनुदान ८५ करोड ४८ लाख ८९ हजार, प्रदेश सरकारबाट चार करोड ४२ लाख ६७ हजार, उपभोक्ता लागत सहभागिता पाँच करोड, अन्य अनुदान तथा ऋणबाट आठ करोड ७० लाख, विभिन्न क्षेत्रबाट अपेक्षित ११ करोड, मझौला शहर एकीकृतबाट चार करोड र बै‌ंकमा मौज्दात रहेको तीन करोड ५० लाख समेत गरी जम्मा कुल एक अरब ६६ करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैयाँ प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment