Comments Add Comment

सलाहले राष्ट्रिय टिम छाड्ने हल्लामात्रै

११ असार, काठमाडौं । इजिप्टियन फुटबल एसोसिएसन स्टार खेलाडी मोहम्मद सलाहसँग कुनै समस्या नरहेको जनाएको छ ।

सलाहले राष्ट्रिय टिम छोड्न सक्ने खबर आइरहेका बेला एसोसिएसनले कुनै समस्या नरहेको बताएको हो ।

तर एसोसिएसनसँग लगातार असहमति भइरहेको र विवादको क्रम चलिरहेकाले सलाहले राष्ट्रिय टिम छोड्ने बारेमा सोचिरहेको खबर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए ।

एसोसिएसनले ती खबर झुटा रहेको र सलाह राष्ट्रिय टिममै रहिरहने प्रस्ट पारेको छ । ‘यो खबर झुटो हो । सलाह यहाँसँगै छन् र प्रशिक्षणमा खुशी छन् । राम्रोसँग प्रशिक्षण गरिरहेका छन् ।’

सलाहले एक नेतासँग खिचेको फोटो राजनीतिक प्रोपागाण्डाका लागि प्रयोग भएको थाहा पाएपछि सलाह बेखुसी थिए ।

खेलाडीलाई राजनीतिक प्रोपोगाण्डाका लागि प्रयोग गरेको आरोप लागेका काडिरोभसँग उनले तस्बिर खिचाएका थिए । शनिबार सलाहका एजेन्ट रामी अब्बासले गरेको ट्वीटले पनि सलाह र इजिप्टियन फुटबल एसोसिएसनबीच समस्या रहेको संकेत गरेको थियो ।

सलाहसँग तस्बिर खिचेका काडिरोभमाथि मानवअधिकारको उल्लंघन गरेको आरोप लाग्ने गरेको छ, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment