+
+

चारजनाले जीपीए ४ ल्याएको खुशीमा होराइजनले निकाल्यो पञ्चेवाजासहित र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १५:१३

१२ असार बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जनाले जीपीए ४ ल्याएको खुशियालीमा न्यू होराइजन बोर्डिङ स्कूलले पञ्चेबाजासहित र्‍याली निकालेको छ ।

न्यू होराइजन माविबाट गौरव अमगाई, मनिषा थापा, सक्षम देवकोटा र सुम्निमा श्रेष्ठले जीपीए ४ ल्याएका छन् ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायका अनुसार देशभरमै एउटै विद्यालयबाट धेरैजनाले जीपीए ४ ल्याउनेमा न्यू होराइजन दोस्रो हो ।

विद्यार्थी, शिक्षक, विद्यालय संचालक र अभिभावकसहितको र्‍याली होराइजनचोक, मिलनचोक, अस्पताललाइन, ट्राफिकचोक हुँदै गोलपार्कसम्म पुगेको थियो ।

रुपन्देही जिल्लाबाट यस वर्ष ७ जनाले जीपीए ४ ल्याएका छन् । जसमा स्कलर्स होम बोर्डिङ स्कूल बुटवलकी श्रृष्टि पोखरेल, न्यू भिजन बोर्डिङ स्कूलका अनमोल चालिसे र तिनाउ बोर्डिङ स्कूलकी सलिना जिसीले जीपीए ४ ल्याएका छन् ।

बुटवलकै कालिका मानवज्ञानका सौगात पाण्डेको पनि जीपीए ४ नतिजा रहेको विद्यालयको दावी छ । यद्यपि पाण्डेको मार्कसिटमा नेपाली विषयको प्राक्टिकल अंक नजोडिएकोले ३.९६ जीपीए छ ।

गत वर्षको एसईईमा रूपन्देहीबाट दुई जनाले जीपीए ४ ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?