Comments Add Comment

प्रदेश ७ मा एचआईभी संक्रमणको दर घट्यो

१२ असार, डोटी । प्रदेश ७ मा एचआईभी संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय एचआईभी/एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुको आर्थिक सहयोगमा नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रालि नामक संस्थाले गरेको अध्ययनले एचआईभीको नयाँ संक्रमण दर घटेको देखाएको हो ।

संस्थाले प्रदेशका कैलाली, डोटी, अछाम र कञ्चनपुर गरी चार जिल्लाहरु एकिकृत जैबिक तथा ब्यबहारिक सर्बेक्षण गरेको थियो ।

रोजगारीको सिलसिलामा भारत जाने ब्यक्तिका श्रीमतीहरुलाई सर्बेक्षणमा सहभागी गराइएको अध्ययन गर्ने संस्थाका अध्यक्ष तर्कराज भट्टले बताए । सर्बेक्षणमा सहभागी कामदारका श्रीमतीहरुमा एचआईभी र यौन रोग भए/नभएको जाँच गरिएको थियो ।

यस्तै एचआईभी/एड्स र यौन रोगका सम्बन्धमा ज्ञान, चेतना र ब्यबहारको बिषयलाई पनि सर्वेक्षणमा समावेश गरिएको अध्यक्ष भट्टले बताए । उनले भने, ‘यस क्षेत्रमा एचआईभी/एड्सको संक्रमण दर उच्च छ भनेर हल्ला गरिएपनि पछिल्लो अवधीमा संक्रमण दर घट्दै गएको देखिएको छ ।’

सर्बेक्षणमा यौन ब्यबहार, एचआईभी संक्रमणको अवस्थालाई बिस्तृत रुपमा अध्ययन गरिएको भट्टले वताए ।

डोटीमा ८०, कैलालीमा १२०, कञ्चनपुरमा १४० र अछाममा ६० गरी जम्मा चार सय जनामा अध्ययन गरिएको थियो ।

अध्ययनका क्रममा जाँच गरिएका महिलाहरुमध्ये कसैमा पनि एचआईभीको संक्रमण फेला नपरेको बताइएको छ ।

यौन रोग भने कतिपयमा देखा परेको थियो । अध्ययनका क्रममा यौन ब्यबहार, कण्डमको नियमित प्रयोग, एचआईभी संक्रमण भए/नभएको जाँच लगायतका अवस्थाको अध्ययन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डा भुषण मिश्रका अनुसार जिल्लामा लामो समयदेखि एआरभी औषधि सेवन गरिरहेका एचआईभीको संक्रमितहरुको संख्या जिल्लामा ठूलो भएपनि नयाँ संक्रमितहरु पत्ता लाग्ने क्रम भने अघिल्ला वर्षहरुको तुलनामा घट्दै गएको छ ।

डा मिश्रले भने, ‘सरकारी तथा गैरसकारी क्षेत्रवाट सञ्चालन भएका जनचेतना मुलक कृयाकलापहरुका कारण पनि नयाँ संक्रमण दर कम भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment