Comments Add Comment

लागूऔषध बिरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिन्छौंः गृहमन्त्री बादल

१२ असार, ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिने बताएका छन् ।

मंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको बताए ।

अभियानमा सबैको साथ आवश्यक रहेको भन्दै लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध राजनीतिक दलहरुले संयुक्त अभियान चलाउन आवश्यक रहेको गृहमन्त्री बादलले बताए ।

राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन जरुरी रहेको उनको भनाइ छ । ‘लागूऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोनको सुरुआत गर्दैछौँ ।’

यस्तो आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ,’ उनले भने, ‘युवाहरुलाई यो आन्दोलनकोे मुल कमाण्डरको रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

लागूऔषध कारोबारीहरुलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न आवश्यक रहेको गहृमन्त्री भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment