Comments Add Comment

नाइजेरियासँग खेल्न अर्जेन्टिनाका गोलकिपर फेरियो, अग्युरो र डिबाला बेञ्चमा

१२ असार, काठमाडौं । अघिल्लो चरणमा जाने अन्तिम आश बाँकी रहेको अर्जेन्टिनाले मंगलबार राति पौने १२ बजे नाइजेरियाको सामना गर्दै छ । अर्जेन्टिनाले जित्नै पर्ने खेलमा लयमा रहेका सर्जियो अग्युरोलाई भने बेञ्चमै राखेको छ ।

गोलकिपर विली क्याबलेरोको स्थानमा भने फ्रान्को अरमानीलाई खेलाइने भएको छ । अरमानीको अर्जेन्टिनाबाट यो पहिलो खेल हुनेछ ।

विश्वकपमा यसअघिका चार भेटमा चारै खेल एक गोल अन्तरले हराएको अर्जेन्टिनाले मंगलबार नाइजेरियाविरुद्ध खेलाउने सम्भावित सुरुवाति ११ मा अग्युरोसँगै पाउलो डिबाला पनि छैनन् । लियोनल मेस्सी र गोन्जालो हिग्वेनलाई फरवार्ड खेलाइँदै छ ।

समूह ‘डी’ बाट क्रोएसिया अघिल्लो चरणमा पुगिसकेको छ भने आइसल्याण्ड, नाइजेरिया र अर्जेन्टिनामा एक टिम अघिल्लो चरणमा जाने छ । नाइजेरियाको तीन अंक छ भने आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक छ ।

यस्तो छ सुरुवाती ११

गोलकिपर – फ्रान्को अरमानी

डिफेन्डर – गार्बियल मार्सेडो, निकोलस ओटामेन्डी, निकोलस टेग्लाफिको, मार्कोस रोजो

मिडफिल्डर – इभर बानेगा, जेभियर मास्चेरानो, एन्जो पेरेज, एञ्जेल डि मारिया

फरवार्ड – लियोनल मेस्सी, गोञ्जालो हिग्वेन

नाइजेरियाको सम्भावित सुरुवाती ११

गोलकिपर – फ्रान्सिस उजो

डिफेन्डर – केनेथ ओमेरु, विलियम इकोङ, लियोन बलोगुन, टेरोन इबुही

मिडफिल्डर – विलफ्रेड एनडिडी, जोन ओबी मिकेल, ओगेनकारो इटेबो, भिक्टर मोसेस

फरवार्ड – केलेची इहेनाचो, अहमद मुसा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment