१३ असार, काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव फेला परेको हो ।
उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपटि्ट घाउ देखिएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुलेको छैन ।
बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् ।
मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4