+
+

बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १७:३२


१३ असार, विराटनगर । प्रहरीले हत्या आरोपमा मिक्लाजुङ-७ का हिकबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका-७ मधुमल्ला सिसौलीकी ४४ वर्षीया शान्तिकुमारी राई तामाङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ ।

२० फागुनमा बलात्कारपछि ढुंगाले अनुहार हिर्काएर हत्या गरिएको अवस्थामा शान्तिकुमारीको शव फेला परेको थियो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक मनोज केसीले बस्नेत र मृतक तामाङको स्थानीय बेलगौडे भन्ने स्थानमा भेट भएपछि सँगै घर जाने क्रममा ग्यांग्री खोला पुगेपछि बलात्कार गरी हत्या गरिएको बताए ।

प्रहरी उपरीक्षक केसीले भने ‘स्थानीय कमल बोहोराको घरमा झाँक्री लगार्एको हेरेर र्फकने क्रममा बस्नेत र हत्या गरिएका तामाङ सँगै र्फकने क्रममा बस्नेतले बलात्कारपछि उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ उनले भने ।

शरीरका सबै कपडा खोलेर अनुहारमा ढुंगाले हिर्काएको विक्षिप्त अवस्थामा २१ फागुनमा मृतक तामाङको शव ग्यांग्री खोलामा फेला परेको थियो । प्रहरीले बस्नेतविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?