केही बर्ष अगाडि निर्देशक शोभित बस्नेतले चलचित्र ‘झिल्के’ चलचित्रको छायांकन गरेका थिए । तर, यो चलचित्र रिलिज भएन । करिब ९० प्रतिशत छायांकन सकेर पनि शोभितले यो चलचित्र रिलिज गर्न चाहेनन् । चलचित्र रिलिज गर्दा छोरा सलोन बस्नेतको करिअरमा असर पर्ने उनको वुझाई थियो ।
तर, अहिले शोभितले चलचित्र ‘बाबु कान्छा’ निर्देशन गरेका छन् । तर, रमाइलो कुरा के छ भने ‘झिल्के’को कथामै ‘बाबु कान्छा’ बनाइएको हो । असार २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको बिषयमा शोभितले भने–‘हो, झिल्केको कथावस्तुलाई अझ राम्रो बनाएर हामीले ‘बाबु कान्छा’ बनाएका हौ ।’
उनले, ‘झिल्के’को दृश्य भने ‘बाबु कान्छा’मा प्रयोग नगरिएको समेत स्पष्ट पारेका छन् । छोरा सलोन बस्नेतको करिअर नै धरापमा पर्ने डरले शोभितले ‘झिल्के’ रिलिज गर्ने आँट गर्न नसकेका हुन् । चलचित्र ‘बाबु कान्छा’मा सलोन, करिश्मा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4