Comments Add Comment

छोरी मारेको अभियोगमा किरिया बसेकी आमा पक्राउ

१४ असार, चितवन । छोरी मारेको आरोपमा चितवनको कालिका नगरपालिका ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला पक्राउ परेकी छन् ।

गत असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा ३५ वर्षीया आमा शोभा परियार प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ३ सय भन्दा बढी महिलाहरुले छोरीको मृत्यु नभई सुनियोजित हत्या गरिएको भन्दै किरिया बसेकै घरमा जुलुस र नाराबाजी गरेपछि प्रहरीले आमालाई पक्राउ गरी लगेको स्थानीयवासीहरुले बताएका छन् ।

जमुनापुर माविमा कक्षा ९ मा अध्ययनरत ममता परियार स्कुलबाट घरमा आइपुग्दा आमा मादक पदार्थ सेवन गरिरहेको र छोरीले मादक पदार्थ नखान भनेपछि छोरीलाई आमाले अपशब्द प्रयोग गरेको स्थानीयले बताएका छन् ।

अपशब्द बोलेपछि छोरीले आमालाई थप्पड हानेको र सो रिसमा आमाले छोरीलाई घाँटी थिची मारेको स्थानीयको आरोप छ । ममता सलले पासो लगाएर पंखामा भुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो

प्रहरीले आरोपित परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टाँडी लगेपछि स्थानीय सयौं महिलाहरु एवम् टोल सुधार समितिले दोषीलाई कारवाही गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा समेत दबाब दिन पुगेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले आरोपित महिलालाई सोधपुछ एवम् अनुसन्धानका लागि ल्याइएको बताए । अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment