Comments Add Comment

किशोर र उमाको ‘यो मौसम’


साउन २५ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कहिँ कतै’को एउटा गीत रिलिज गरिएको छ । ‘यो मौसम’ बोलको गीतमा सचिन सिंहको संगीत, थुप्देन भुटिया र मेलिना राइको स्वर, मनोज राजको शब्द छ । कमल राइले कोरियोग्राफी गरेको गीतको भिडियोमा किशोर खतिवडा र उमा बेबीले अभिनय गरेका छन् ।

चलचित्रमा दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी, सिवानी गिरी, सोनम बरफुङ्गपाको मुख्य भूमिका छ । सिवानी र सोनम यही चलचित्रबाट डेब्यू गर्ने तयारीमा छन् ।

सविर श्रेष्ठले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, रोशन श्रेष्ठको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment