Comments Add Comment

जहाँ बिहेअघि कुमारित्वको प्रमाणपत्र मागिन्छ

इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । समाजमा कडा मुस्लिम परम्परा तथा कानून हावी छ ।

गत वर्ष देशमा यस्ता कतिपय परम्परामा परिवर्तनको कोसिस गरियो । तरपनि रुढीवादी सोँच आजपनि हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण चाहीँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र मागिनु ।

बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउँदछन् ।

यद्यपि कानूनी रुपमा यस्तो गर्नु वर्जित छ । तर धेरै पुरुषहरुले पुरुषवादी समाजमा आफ्नो अधिकारको दुरुपयोग गरी महिलाहरुलाई मानसिक प्रताडना दिने गरेको पाइन्छ ।

इरानी समाजमा बिहे नगर्ने पुरुषलाई नामर्द भनिन्छ र त्यस्तो पुरुष आफ्नो घरपरिवार सँग पनि बस्न पाउँदैन ।

रक्सी पिएको फेला परेमा जोकोहीलाई पनि ८० कोर्राको सजायँ हुन्छ ।

त्यस्तै महिलाहरुलाई अन्जान पुरुषसँग भेट गनृ बर्जित छ र गरेको पाइएमा पक्राउ गरिन्छ । त्यस्तै महिलाहरुले कसिलो तथा छोटा कपडा लगाउन र लोग्नेले राखेको यौनसम्पर्कको प्रस्ताव अस्विकार गर्नपनि पाउँदैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment