Comments Add Comment

स्पेनलाई पेनाल्टीमा हराउँदै रसियाले रच्यो इतिहास, एकिनफिव बने नायक

काठमाडौं । इगर एकिनफिवले उत्कृष्ट प्रदर्शनको मदतमा रसियाले स्पेनलाई टाइब्रेकरमा हराएको छ र पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।  घरेलु टोली रसियाले चाहेको पनि त्यही थियो किनकी पेनाल्टी सुटआउटमा एकिनफिवमाथि विश्वास थियो, जुन सही सावित भयो ।

एकिनफिवले कोकोसँगै आसपासको पेनाल्टी रोक्दै रसियालाई ४-३ को जित दिलाएका छन् ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १-० ले अग्रता लिने अवसर पायो ।

रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुपर्‍यो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुबै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment