१८ असार, चितवन । अविरल वर्षाका कारण भरतपुरमा हुने उडान रोकिएका छन् ।
काठमाडौंबाट भरतपुर र पोखराबाट भरतपुर हुने उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय भरतपुरका प्रमुख पवन गौत्तमले जानकारी दिए ।
विहान ९ बजे हुनुपर्ने उडान मध्यान्ह १२ बजेसम्म भएन । ‘पानी कहिले बढ्ने र कहिले घट्ने क्रम जारी नै छ, तल्लो तहमा समेत बादल भएकोले हवाइ उडान हुन नसकेको हो,’ विमानस्थलमा प्रमुख गौत्तमले भने, ‘मौसम क्लियर नभएसम्म उडान हुँदैन ।’
सोमबार भरतपुरबाट काठमाडौं र पोखरा गरी बुद्ध एयरको ७ वटा, यति एयर लायन्सको २ वटा र सिमि्रक एयर लायन्सको एक वटा उडान हुनुपर्ने थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4