Comments Add Comment

गंगामायाको मुद्दा द्वन्द्वकालीन घटनासँग जोड्न मिल्दैनः शेखर कोइराला

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छोराका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेकी गंगामाया अधिकारीलाई भेटेका छन् ।

भेटपछि नेता कोइरालाले गंगामायाको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोड्न नहुने बताए । ‘गंगामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।’ उनले भने ।

उनले तत्कालीन समयको युद्धरतपक्ष शान्तिपूर्ण राजनीतिमा आएको लामो समय भइसक्दासमेत द्वन्द्वकालीन मुद्दाहरुको टुंगोमा पुग्न नसक्नु दूर्भाग्य भएको टिप्पणी गरेका थिए ।

गंगामायाका छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment