+
+

२५ वर्षे सैयद सद्दीक बने महाथिर सरकारका युवामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १२:१६

१९ असार, काठमाडौं । सैयद सद्दीक मलेसियाको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका छन् ।

सोमबार महम्मद महाथिर सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका उनी मात्र २५ वर्षका हुन् । डिसेम्बर ६ मा उनी २६ वर्षको हुनेछन् ।

इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट हालै मात्र कानूनमा स्नातक गरेका उनी राजनीतिमा आउनु अघि प्रखर वक्ताका रुपमा परिचित थिए ।

उनले एसियाकै उत्कृष्ट वक्ताको अवार्ड तीन पटक जितेका छन् । हालै भएको चुनावमा उनी राजनीतिमा आएका थिए र पाकातान हारापनबाट चुनाव जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?