Comments Add Comment

कम्युनिस्ट शासनमा अधिनायकवाद कल्पनासम्म हुँदैनः योगेश भट्टराई

२० असार, झापा । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सरकारले अधिनायकवाद ल्याउन खोजेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।

गैर सरकारी संस्था महासंघ झापाले मङ्गलबार काँकडभिट्टामा आयोजना गरेको ‘प्रथम नागरिक सम्मेलन’ मा उनले भने, ‘वर्तमान सरकारलाई अधिनायकवादको आरोप लगाइएको छ । यो सरकारमाथिको गम्भीर आक्षेप मात्रै हो ।’

कम्युनिस्ट शासन सत्तामा यस्तो कल्पनासम्म गर्न नहुने तर्क गर्दै उनले भने, ‘देश र जनताको सर्वोपरी हित हुने जायज मागमा सरकार सकारात्मक छ ।’

धार्मिक, जातीय लगायत मुलुकको हित विपरीतका द्वन्द्व निस्तेज पार्न सरकारले चालेको कदमलाई अधिनायकवादको संज्ञा दिनुलाई दुःखद् भन्दै नेता भट्टराईले देश अधिनायकवादतर्फ धकेलियो भनेर भ्रम नफैलाउन समेत आग्रह गरे ।

सम्मेलनका क्रममा महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर एकका इञ्चार्ज उमेश विश्वकर्माले बद्लिदो परिस्थितिमा गैर सरकारी संस्थाको भूमिकाका विषयमा धारणा व्यक्त गरे ।

कार्यक्रममा पूर्व साँसद् प्रेम गिरीले ‘एक नम्बर प्रदेश झापाको समृद्धिका सम्भावना, अवसर र प्राथमिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे भने महासंघका केन्द्रीय कोषाध्यक्ष जीतराम लामाले ‘दिगो विकास लक्ष्य र स्थानीयकरणको सवाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

विमर्श उप्रेतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment