Comments Add Comment

मन्त्री बास्कोटा भन्छन्– नैतिकता बचाउन देउवा सरकारका निर्णय बदर !


२१ असार, काठमाडौं । सरकारले देशमा राजनीतिक नैतिकता बचाउनका लागि अघिल्लो सरकारले गरेका भदौ १४ पछिका निर्णयहरु खारेज गरेको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले प्रतिक्रिया दिएका छन् ।

निर्वाचनको मिति तोकिएर आचार संहिता लागू भइसकेको अवस्थामा देउवा सरकारले राजनीतिक नियुक्ति गरेकाले त्यस्ता नियुक्तिहरु बदर गरिएको मन्त्री बास्कोटाले बताए । अबदेखि चुनावी सरकारले यसरी कुनै पनि निर्णयहरु नगरोस् र नैतिकता एवं राजनीतिक संस्कारको रक्षा होस् भने बुधबारको मन्त्रिपरिषदले ती नियुक्ति खारेज गरेको मन्त्री बास्कोटाको तर्क छ ।

अघिल्लो सरकारले गरेका नियुक्तिहरु बदर गरेर सरकारले के सन्देश दिन खोजेको ? अनलाइनखबरको प्रश्नमा सरकारका प्रवक्ताले यस्तो प्रतिक्रिया दिए–

चुनावका मुखमा आचारसंहिता लागिसकेपछि यस्ताखालका राजनीतिक नियुक्तिहरु नहुने असल उद्देश्यका साथ यो काम गरिएको हो । अति राजनीतिकरणलाई न्यूनीकरण गर्न एकैचोटि यत्रो नियुक्तिहरु बदर गरिएका हुन् । पद ओहोदा र शक्तिको दुरुपयोग गर्ने प्रचलनलाई समाप्त गर्न यी नियुक्तिहरु बदर गरिएका हुन् ।

निर्वाचन आचारसंहिता लागिसकेपछि । राजनीतिक नियुक्ति गर्नु भनेको अनैतिक कार्य हो । राजनीतिमा नैतिकताको खडेरी परिराखेको छ भनिँदैथ्यो । अझ सत्ता गुमेपछि भर्ती गरेर हिँड्नु भनेको त झन् नैतिकतामाथिको खडेरी हो ।

देउवा सरकारले आचार संहिता लागिसकेपछि जुन नियुक्तिहरु गरेको थियो, त्यो राजनीतिमा देखिएको नैतिक खडेरी हो । यस्तो नैतिक खडेरीलाई समाप्त बनाउन उच्च नैतिकतायुक्त राजनीतिक प्रक्रियाको सुरुवात हो , सरकारको यो निर्णय ।

किनभने, अब हामीले पनि पछि चुनावी आचारसंहिता लागेपछि यस्ता नियुक्तिहरु गर्न मिल्दैन । हाम्रै सरकारले पनि त्यस्तो गर्न मिल्दैन । अझ जाँदाजाँदै त झनै मिल्दैन । यिनीहरुले आचारसंहिता लागिसकेपछि व्यापक राजनीतिक नियुक्तिहरु गरेका थिए । त्यसैले सरकारले यस्ता नियुक्तिहरु बदर गरेर नैतिकताको खडेरी तोडेको हो ।

याे पनि पढ्नुहाेस्

सरकारलाई विपक्षीको प्रश्न– राष्ट्रियसभा पनि भंग गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment