Comments Add Comment

एक महिनापछि सेयर बजारमा फर्कियो उत्साह

३६ अंकले बढ्यो, ४६ करोडको कारोबार


२१ असार, काठमाडौं । सेयर बजारमा लामो समयपछि उत्साह देखिएको छ । पछिल्लो समय लगातार ओरालो लाग्ने गरेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ३६ दशमलव ०१ अंकले वृद्धि भएको छ ।

१ हजार १ सय ८८ दशमलव ४० को बिन्दु भएको सेयर कारोबार ३६ दशमलव ०१ अंकले वृद्धि भएर १२२४ दशमलव ४१ को विन्दुमा आइपुगेर बन्द भएको छ । बुधबार ८ दशमलव ०४ अंकमात्रै नेप्से परिसुचकमा वृद्धि भएको छ ।

सेयर बजार बढेसँगै आज कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँ कारोबार भएको सेयर कारोबार बढेर बिहीबार ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment