Comments Add Comment

‘बोबी’ बनाउँदा उमेश र कविताबाट पैसा लिएको छैनः मिलन चाम्स


मोफसल टुरमा रहेको चलचित्र ‘बोबी’को यूनिटले कन्सर्ट र प्रेसमिटलाई निरन्तरता दिइरहेको छ । पोखरा र चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले चलचित्रका मुख्य कलाकार उमेश थापा र कविता गुरुङको जीवन कथा मन परेकाले सिनेमा निर्माण गर्न हौसला मिलेको बताएका छन् ।

उनले भने-‘उनीहरुको कथा आफैमा सिनेमा हो । उनीहरुको जीवन, संघर्ष र प्रेमले नै सिनेमामा लगानी गर्न तयार भएँ ।’ निर्देशक चाम्सले कविता र उमेशबाट कत्ती पनि पैसा नलिएको दाबी गरे ।

उनले, उमेश र कवितालाई आफ्नै कथामा अभिनय गराउँदा अभिनयमा प्राकृतिकता आउने भएर काम गराएको बताए । चलचित्रका मुख्य कलाकार कविता र उमेशले एउटा गाउँबाट सुरु भएको यात्रा कसरी नर्वेसम्म पुग्यो र के कस्ता कष्ट झेल्नुपर्‍यो भन्ने कथा चलचित्रमा देख्न सकिने बताए । यो चलचित्र असार २९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment