Comments Add Comment

नेमकिपाले भन्यो-ओलीको दाबी झुटो सावित भयो, सरकार असफल


२१ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले डुबान समस्या समाधान गर्न सरकार असफल भएको बताएको छ ।

केही दिनयता परेको अविरल वषर्ाका कारण तराई मधेसका अधिकांश भूभाग डुवानमा परेको र बाढी प्रभावित क्षेत्रमा महामारी फैलनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

नेमकिपाले भनेको छ, ‘सरकारले बाढी-पहिरो रोकथाम र पूर्वसावधानीका उपायहरू अवलम्बन गरेको दाबी झूटा सावित भयो ।’

भारतले एकतर्फी बनाएका बाँध र तटबन्धका कारण नेपाली भूमि डुवानमा परेको भन्दै उसले भारतबाटै क्षतिपूर्ति भराउन माग गरेको छ ।

सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले संसदमा आफ्नो भारत भ्रमणको रिपोर्ट दिंदा नेपाली जनताले बाढी र डुबानको समस्या सामना गर्न नपर्ने बताएको झूटा सावित भयो । ओली सरकार पूर्ण असफल भयो ।’

नेमकिपाले नेपाल भारत प्रबुद्ध समूहले बनाएको साझा प्रतिवेदन खारेज गर्न पनि माग गरेको छ । नेपाली भूमि डुवानमा पर्ने गरी भारतले धौलीगंगा, लक्ष्मणपुर, रसियावाल खुर्दलोटन, महलीसागर, लालवकैयालगायत बाँध र तट्बन्धहरू भत्काउने विषय नेपालले नउठाएको भन्दै उसले आपत्ति जनाएको छ ।

१९५० को सन्धि परिमार्जन नभई खारेज हुनुपर्ने भन्दै नेमकिपाले भनेको छ, नेपालको जलविद्युत र बैकिङ्गलगायत भारतको साझा बनाउने प्रबुद्ध समूहको प्रतिवेदन खारेज गर्नु पर्दछ ।’

उसले साउन १ गतेदेखि उपत्यकाका निश्चित ठाउँमा मात्र प्रदर्शन गर्न पाउने गरी सरकारले जारी गरेको सूचना संविधान विपरित भएको बताएको छ ।

‘प्रतिगमनकालमा जनआन्दोलन दबाउन यस्तै सूचना जारी गरिएको थियो । विरोध प्रदर्शन र सभा गर्ने जनताको मौलिक र राजनैतिक अधिकार हनन् गर्ने ओली सरकारको प्रतिगामी, असंवैधानिक र अप्रजातान्त्रिक सूचना अविलम्ब खारेज गर्नु आवश्यक छ’ सचिव सुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment