Comments Add Comment

साँगि्रला डेभलपमेन्ट बैंकको वृक्षारोपण कार्यक्रम


२१ असार, काठमाडौं । काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांगि्रला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा कामनपा वडा नं. ४ र पिडीएसएस संस्थासँगको सहकार्यमा बुधबार “सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौको क्षेत्र वरपरको सडक पेटीमा वृक्षारोपण गरेको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांगि्रला डेभलपमेन्ट बैंकको यो कार्यको सराहना गर्दै सामाजिक कि्रयाकलापहरुलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा प्रदेश नं. ३ का सभासदहरु दिपक निरौला र नारायण बहादुर सिल्ावाल, यस विकास बैंकका संचालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेललगायत विकास बैंकका कर्मचारीहरु, कामनपा वडा नं. २, ४ र ९ का वडा अध्यक्षहरुर पिडीएसएस संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायत अन्य सदस्यहरुबाट वालुवाटार क्षेत्रको सडक पेटीमा करीब १०० वटा रुख वृक्षारोपण गरिएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment